मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बलिउड स्टार सलमान खान, बिग बोस को नयाँ संस्करण सुरु गर्दै



एजेन्सी– बलिउड स्टार सलमान खानले सञ्चालन गर्दै आएकोे चर्चित भारतीय रियालिटी शो ‘बिग बोस’ को नयाँ संस्करण सुरु भएको छ। भारतीय कलर्स टेलिभिजनबाट प्रशारण हुँदै आएको उक्त शोको १२औँ संस्करणको अडिसन सुरु भएको हो।

चर्चित अभिनेता खानले सञ्चालन गर्दै आएका कारण भारत तथा अन्य मुलुकमा समेत चर्चित बनेको ‘बिग बोस’को ११औं संस्करण केही समय अघिमात्र समाप्त भएको थियो।

‘बिग बोस’को १२औँ संस्करण भने यस अघिका संस्करणहरु भन्दा फरक हुनेछ। कलर्स टिभीले एक ट्विट गर्दै शोमा सहभागी हुन प्रतियोगिहरु जोडी बनेर आउनु पर्ने बताएको छ।

उता सलमान खान कृष्णसार शिकार काण्डमा दोषि ठहर भएपछि यस संस्करणका लागि कार्यक्रम सञ्चालक को हुने भन्ने बारेमा भने कुनै पनि जानकारी दिइएको छैन।

कार्यक्रम सञ्चालकका रुपमा सलमानको माग अत्यन्त धेरै रहेपनि उनले कार्यक्रमको सञ्चालन गर्ने–नगर्नेमा शंका रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

प्रकाशित मिति : ३ बैशाख २०७५, सोमबार  ९ : २० बजे