मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गायक प्रेम गुरुङको दुरी’ बोलको पपगीतको म्यूजीक भिडियो सार्वजनिक



काठमाडौं वैशाख, १८–
गायक प्रेम गुरुङको एल्वम् ‘अबतार’ मा समाबेश ‘दुरी’ बोलको नयाँ नेपाली पप गीतको म्यूजीक भिडियो सार्वजनिक भएको छ । नेपाली संगीत क्षेत्रमा निकै फरक शैलीका गीतसंगीतका माध्यमबाट आफ्नो बेग्लै पहिचान बनाउन सफल गायक गुरुङकै शब्द संगीत रहेको गीतमा एरेञ्ज भने मानशी किरणको रहेको छ ।

गीतको भिडियोमा प्रिन्स, गोमा र धिरज फिचर्ड छन् । खगेन काउछाको निर्देशन रहेको गीतको म्यूजीक भिडियोमा ड्रोनको समेत प्रयोग गरिएको छ । भिषण काउछा र चाइनिज धवाकको छायांकन रहेको गीतको सम्पादन भने बिजय गुरुङले गरेका हुन् ।गायक गुरुङले जनाए अनुसार निकै गम्भिर रोगले च्यापेपछि लगभग बाँच्ने आशा नै सकिएपछि एक प्रेमीले आफ्नो प्रेमिकाको लागि व्यक्त गर्ने पीडाको भाव गीतमा रहेको छ ।  गीतको छायांकनको लोकेशन निकै उत्कृष्ट चयन गरिएको छ । स्वर, संगीत र श्ब्दमा गायक प्रेमले निकै अब्बल काम गर्न सफल भएका छन् ।

निर्देशक  खगेन काउछाले निकै मनोरम लोकेशन चयन गर्न सफल भएका छन् । साथै, छायाँकारद्वयले पनि सुन्दर दृश्यहरु आफ्ना क्यामेरामा कैद गर्न सफल भएका छन् ।
भिडियो हेर्नुसः

प्रकाशित मिति : १८ बैशाख २०७५, मंगलबार  १० : ३८ बजे