मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बहुप्रतिक्षित चलचित्र तिमि हुन्छौ जहाँ जहाँको प्रोमो रिलिज



मदन दवाडीको प्रस्तुती रहेको बहुप्रतिक्षित नेपाली कथानक चलचित्र तिमि हुन्छौ जहाँ जहाँको प्रोमो रिलिज भएको छ । त्रिकोणात्मक प्रेम कथामा आधारित मानिएको चलचित्र बि एण्ड बि व्यानरमा निर्माण भएको हो ।

मनिष सुन्दर श्रेष्ठ र मनिला जोशीको मुख्य भुमिका रहेको यस चलचित्रमा हिमाल पारीको जिल्ला मुस्ताड।को रमणीय दृष्य कैद गरिएके छ । निकै उच्च बजेटमा गरिएको भनिएको चलचित्र निर्माण समयमा आफुले कहि कतै पनि कम्प्रमाईज नगरेको प्रस्तुतकर्ता दवाडीले बताएका छन् ।

फिल्मको शिर्ष गितले पनि यतिबेला निकै चर्चा बटुलिरहेको छ । अर्जुन पोख्रेलको संगित रहेको यस चलचित्रमा मनिष र मलिनाको अलवा बिश्व वस्नेत ,रुपा राना, स्वरुप पुरुष ढकाल।रवि गिरी,गोपाल ढकाल छन्दे , गिता अधिकारी,तमन्ना केसी,सन्दिप पोख्रेल र बिनिता वलि लगायतको अभिनय रहेको छ । रामशरण उप्रेतीको छायांकन रहेको यो चलचित्रमा रोशन श्रेष्ठको द्वन्द रहेको छ ।

बिकास बस्यालको लेखन तथा निर्देशन रहेको तिमि हुन्छौ जहाँ जहाँमा कार्यकारी निर्माता प्रकाश बास्कोटा रहेका छन् भने मदन दवाडी,हरि प्रसाद अधिकारी र डाल चन्द्र दवाडी यसका निर्माता हुन् ।

प्रकाशित मिति : १८ जेष्ठ २०७५, शुक्रबार  ३ : १२ बजे