मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कलेज सेफ आइकन को प्रसारण आरम्भ



मंगलबार,जेठ २२

सगतानी एक्जिमको प्रस्तुती रहेको कुकिङ् रीयालिटी शो लेज सेफ आइकन जेष्ठ १९ गते देखी प्रसारणमा आएको छ ।

नेपालमा पहिलो पटक आयोजित कुल ५० मिनेट अबधीको यस् कुकिङ् रीयालिटी सो शनिबार ३स्०५ को स्लटमा सरकारी च्यानल नेपाल टेलिभिजनबाट प्रसारणमा आएको हो । शो अन्तर्गतको पहिलो भागमा अडिसन राउण्डमा सहभागि ३ कलेजका कुल ९ विद्यार्थीको प्रस्तुती देख्न पाइने आयोजक स्नेहा ट्राभल्स मिडियाले जनाएको छ ।यस शो को निर्णायकमा सेफहरु सुरेशचन्द्र बस्नेत, डा संजय जम्मल, युवराज पोखरेल सूर्यकिरण श्रेष्ठ र लक्ष्मणप्रसाद भण्डारी रहेका छन् ।

 

ग्लोरी मिडियाको सम्योजनमा निर्मित उक्त शोको कार्यक्रम निर्मातामा सरोज ओझा,कार्यक्रम सन्चालकमा पूर्व मिस नेपाल फर्स्ट रनरअप शुभेक्षा खड्का, सम्पादकमा दीपेन्द्र श्रेष्ठ, मूख्य सहायक निर्देशकमा किरण खनाल, ग्राफिक्समा धन खालिङ, फोटोग्राफी निर्देशकमा अर्जुन बिष्ट, सहायक निर्देशकमा प्रताप भट्ट लगायतको प्राबिधिक टोली रहेको छ भने कार्यक्रमको प्राबिधिक सल्लाहकारमा पत्रकार द्वय अशोक कुमार बस्नेत र उज्जवल जंग शाह रहेका छन् ।

प्रकाशित मिति : २२ जेष्ठ २०७५, मंगलबार  ११ : १३ बजे