मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिस हजार प्रतिस्पर्धी बाट को बन्ला दोश्रो सिजनको नेपाल आइडल



चर्चित टिभी रियालिटी सो ‘नेपाल आइडल’ को दोस्रो सिजनको अडिसन राउन्ड भर्खरै धरान , हेटौडा, वीरगन्ज, भैरहवा, धनगढी, पोखरा र काठमाडौँमा सकिएको छ। दोस्रो सिजनमा स्वदेशदेखि विदेशसम्मका नेपाली युवा सहित २० हजार जनाले प्रतिस्पर्धीका रुपमा सहभागिता जनाएका छन्।

‘पहिलो सिजनभन्दा दोस्रो सिजन अझ परिष्कृत रुपमा आएको छ जसले आरम्भदेखि नै युट्युबमा रेकर्ड भ्युअरशिप पायो। यो भ्यूअरशिप कुनै पनि प्रकारको कृत्रिमतारहित नितान्त अर्ग्यानिक छ’, प्रोग्रामका प्रोजेक्टहेड, निर्देशक तथा एपिवान टेलिभिजनका अप्रेशन निर्देशक सुरेश पौडेलले बताए।

सन् २००१ मा बेलायती टेलिभिजन प्रोड्युसर साइमन फुलरले ‘पप आइडल’ का रूपमा शुरु गरेको संगीतको यो महासंग्राम बाँकी देशमा सम्बन्धित देशको नामसँग आइडल जोडेर आउने गर्छ। संसारमा सबभन्दा धेरै हेरिने तथा सबभन्दा बढी मनोरञ्जन दिन सफल कार्यक्रमको रुपमा स्थापित आइडल सिरिज १ सय ५० देशहरुमा लोकप्रिय छ।

देशैभरबाट एकत्रित भएका प्रतिस्पर्धीहरुबीच अडिसनपछिका प्रतिस्पर्धाहरु धमाधम चलिरहेका छन् जहाँ सबै एक से एक प्रतिस्पर्धीहरु आफूलाई निखार्न साधनारत छन्।

नेपाल आइडलको बिजेता बन्नेले होन्डाको डब्लुआरभी गाडीसहित २२ लाख रुपैयाँ नगद, एक एल्बम र विश्वटुरको अवसर पाउँछन्।

प्रकाशित मिति : १४ भाद्र २०७५, बिहिबार  ८ : २३ बजे