मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धरानको एक होटलमा प्रेमीकाको विभत्स हत्या गरेर भाग्दै गरेका एक युवक पक्राऊ



धरान ।

आजभोलि एकाएक आपराधिक घटना का शृङ्खला हरु बढ्न थालेका छन ।यसै क्रममा धरान–१८ स्थित होटल कान्तिपुरमा एक युवती मृत फेला परेकी छन् । मृत फेला पर्नेमा धरान–१८ कि रिता रार्इ रहेकी छन् । होटल कान्तिपुरमा मृत फेला परेकी युवतीसँगै रहेका युवक पक्राउ परेका छन् । उनीहरू प्रेमीप्रेमीका रहेको र विगत ४ हप्ता भन्दा बढी समयदेखि सो होटलमा बस्दै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

युवतीको मृत्यु भएपछि होटल साहुलार्इ पैसा निकालेर आउछु भन्दै युवक फरार भएका थिए ।उनलार्इ राति नै प्रहरीले ट्रक चढेर भाग्दै गरेको अवस्थामा तिनकुनेबाट नियन्त्रणमा लिएको थियो । उनीसँगै रहेका अर्का युवालाई समेत नियन्त्रणमा लिएको बताइएको छ ।मृत्युको कारण भने शव पोष्टमार्टम रिपोर्ट र विज्ञको अनुसन्धानपछि मात्र पत्ता लाग्ने र घटना को बारेमा बिस्तृत अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७५, आइतबार  १ : ४४ बजे