मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

त्रिविका प्राध्यापकनै परिक्षा प्रश्नपत्र किनबेचमा संलग्न



१९ भदौ,२०७५
काठमाडौं–

त्रिविका अध्यापकनै प्रश्नपत्र किनबेचमा संलग्न भएको तथ्य बाहिर आएको छ ।

गत चैतमा त्रिभुवन विश्वविद्यालय सेवा आयोगले लिएको उपप्राध्यापकको परीक्षामा गडबड भएपछि राष्ट्रिय सतर्कता केन्द्रले हस्तक्षेप गर्‍यो ।
केन्द्रले गरेको छानबिनमा गणित विषयको प्रश्नपत्र बनाउने र जाँच गर्ने जिम्मेवारी पाएका शिक्षक चेतराज भट्टले लाखौँ रुपैयाँ लिएर प्रश्नपत्र बिक्री गरेको पुष्टि भयो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

उनले प्रश्नपत्र बाँडेका विद्यार्थीको हात भाँचिएको बहानामा एमए फस्र्ट सेमेस्टर टपरलाई परीक्षा दिन लगाएको प्रमाणसमेत सतर्कता केन्द्रले फेला पार्‍यो ।

सतर्कता केन्द्रको छानबिन प्रतिवेदनअनुसार ०७२ चैतकै परीक्षामा गणितकै अर्का शिक्षक रामविश्वास साहले आफ्नै सहोदर छोरी–ज्वाइँ अमरनाथ साहको उत्तरपुस्तिका परीक्षण गरे ।

त्रिविको कर्मचारी सेवासम्बन्धी नियम २०५० को नियम ६८ मा त्रिविका शिक्षक–प्राध्यापक, कर्मचारी वा विश्वविद्यालय र विश्वविद्यालय सेवा आयोगसँग सम्बन्धित कुनै व्यक्तिले नाता पर्ने व्यक्तिका बारेमा निर्णय लिन नहुने व्यवस्था छ । तर, उनले अन्य परीक्षार्थीसँग समेत पास बनाइदिन पैसाको मोलमोलाई गरेको उजुरी परीक्षार्थीले सतर्कता केन्द्रमा दिएका थिए ।

प्रकाशित मिति : १९ भाद्र २०७५, मंगलबार  ३ : ४४ बजे