मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्मार्ट लाईसेन्स अव प्रदेश कार्यालयबाट नै



सवारी चालक अनुमतिपत्र (स्मार्ट लाईसेन्स) अव प्रदेश कार्यालयबाट नै पाइने भएको छ ।

यातायात व्यवस्था विभागले सातवटै प्रदेशबाट उक्त लाईसेन्स वितरण गर्ने तयारी बढाएको छ ।

विभागले एकद्धार प्रणालीबाट स्मार्ट कार्ड वितरण गर्ने प्रणाली बनाएर छपाइको कामसमेत प्रदेश कार्यालयलाई दिने गरी कार्ययोजना बनाउन शुुरु गरेको हो ।

प्रदेशबाट लाईसेन्स बाँड्ने गरी प्रक्रिया अगाडी बढाइएको बताउँदै विभागका महानिर्देशक लावण्यकुमार ढकालले भने, हामीले आन्तरिक छलफल र गृहकार्य गरिरहेका छौँ, कुन तहबाट वितरण गर्ने र केन्द्रिय डाटासँग कसरी जोड्ने भन्नेबारे टुंगो लाग्न बाँकी छ ।, आजकोनेपाल समााचारपत्रमा यो खबर छ ।

प्रकाशित मिति : १९ भाद्र २०७५, मंगलबार  ४ : १० बजे