मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कक्षा १ मा पढ्दै ७५ बर्षीया हजुरआमा



२० भदौ, खोटाङ–
खोटाङकी कोपिलासगढी गाउँपालिका ४ बाक्सिलाकी जुरीमाया राई उमेरले आराम गर्दै घरैमा बसरिहेको हुनुपर्ने हो । तर, ७५ बर्षीया उनको दिनचर्या स्कुल धाईरहेका स—साना विद्यार्थीको भन्दा फरक छैन ।

जुरीमाया किताबकापी बाकेर नातीनातिनी उमेरका बालबालिकासक्गै विद्यालय पुग्छिन् ।
पढेर उसैगरी घर फर्किन्छिन् ।

बाल्यकालमा पढ्न नपाएको धोको पुरा गर्न उनी बुढेसकालमा दिक्तेलस्थित सरस्वती माविमा गत साउन ६ गते कक्षा १ मा भर्ना भएकी हुन् ।

जुरीमायाले छोटो समयमै सावाँ अक्षर जानिसकेको सरस्वती मावि, कक्षा १ का शिक्षक नुरकाजी सैँजुले बताए ।

उहिले समाजमा महिलाले पढ्नु हुन्न भन्ने मान्यता थियो पढ्ने रहर हुँदाहुँदै पनि मन मारेर बस्नुपर्ने अवस्था थियो हिजोआज जस्तो जताततै विद्यालय पनि थिएन ।

वि।स। २००१ मा जन्मिएकी जुरीमायाले पनि लेखपढ गर्न पाउने कुरै भएन ।

त्यसबेला पढ्नु नपाएको चाहना बुढेसकालमै भए पनि पुरा गर्न पढ्नु थालेको जुरीमाया बताउँछिन् ।, आजको नागरिक दैनिकमा यो खबर छापिएको छ ।

प्रकाशित मिति : २० भाद्र २०७५, बुधबार  ११ : १२ बजे