मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

थाहा पाउनुस मौषम परिवर्तन हुँदा कसरी परिन्छ बिरामी र के हुन बच्ने उपाय ?



एजेन्सी ।

मौषम परिवर्तन हुने समयमा अधिकांश मानिसहरु रुघाखोकी तथा फ्लुको शिकार हुने गर्दछन् । रुघाखोकी कुुनै ठूलो स्वास्थ्य समस्या नभएपनि यसले हाम्रो दैनिक कृयाकलापमा निकै प्रभाव पारिरहेको हुन्छ । तर फ्लु लाग्दा भने हामीलाई अलि बढि समस्या हुने गर्छ ।

मानिसहरु मौषम परिवर्तनसँगै तापक्रममा हुने परिवर्तनका कारणले यस्ता रोगहरु लाग्छ भन्ने सोच्छन् । तर मौषम परिवर्तनसँगै तापक्रममा हुने परिवर्तन रोगको कारण भएपनि विमारी हुनुको प्रत्यक्ष कारण भने होइन ।

वास्तवमा तापक्रमको परिवर्तन हुँदा विभिन्न प्रकारका भाइरस तथा ब्याक्टेरियाहरु अन्य समय भन्दा बढि सक्रिय हुने गर्दछन् । फ्लोरिडास्थित ओर्लाण्डो हेल्थका फिजिसियन डा बेन्जामिन कप्लानका अनुसार तिनै भाइरस तथा ब्याक्टेरियाहरुका कारण नै मानिसहरु विरामी पर्छन् ।

‘विभिन्न अध्ययनहरुले देखाएअनुसार राइनोभाइरस र कोरोनाभाइरस रुघाको प्रमुख कारण हो’ डा कप्लानले भने, ‘र यी भाइरसहरु विशेष गरी चिसो मौषममा बढि सक्रिय हुन्छन् । त्यसैगरी इन्फ्लुएन्जा भाइरस चिसो तथा सुख्खा हावामा बढि सक्रिय हुन्छ र चाडै सर्छ पनि । त्यसैले मानिसहरुमा चिसोको समयमा फ्लु देखिने गर्छ ।’

गर्मीयाममा देखिने रोगहरु विभिन्न प्रकारका कारणहरले लाग्ने गर्दछ । मौषमी एलर्जी हुुने मानिसहरुमा यो समयमा नाकबाट सिँगान बग्ने तथा आँखा चिलाउने जस्ता समस्याहरु देखिन सक्छ । यस्तो समयमा शरीरको रोगसँग लड्ने क्षमतामा कमि आउँछ जसले गर्दा भाइरले सजिलै आक्रमण गर्न सक्छन् । तर गर्मीयाममा दखिने रोगहरु अन्य याममा देखिने भन्दा कम गम्भीर प्रकृतिका हुन्छन् । मौषम परिवर्तनको बेला सबै भाइरस एकै पनि सक्रिय हुने भएकाले जाडो र गर्मी दुबै याममा लाग्ने रोगहरुको जोखिममा हुन्छ ।

मौषम परिवर्तनको बेला रोग लाग्नबाट बच्नको लागि सामान्य कुराहरुमा ध्यान दिए पुग्छ । डा बेन्जामिन कप्लानका अनुसार बारम्बार सबुन पानीले हात धोइरहने, शारीरिक ब्यायाम गर्ने, स्वस्थ खानेकुराहरु खाने तथा दैनिक ६ देखि ८ घण्टा अनिवार्य रुपमा सुत्ने गर्नाले मौषम परिवर्तनको बेलामा रोग लाग्नबाट बच्न सकिन्छ।

प्रकाशित मिति : २० भाद्र २०७५, बुधबार  ११ : ४७ बजे