मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिमबासी प्रधानमन्त्री ओली सग झनै आक्रोशित, के निर्मला ले न्याय नपाउने नै हुन त ?



२२ भदौ, काठमाडौं–

निर्मला पन्त हत्याकाण्डबारे प्रधानमन्त्री केपी शर्मा ओलीले टेलिभिजनमा पिडितलाई नै आघात पुग्ने गरी दिएको अभिव्यक्तिले सुदूरपश्चिमबासी मर्माहत बनेका छन । घटना भएको यतिका समय बितिसक्दा पनि अपराधी पत्ता नलागेर निरास बनेका प्रधानमन्त्री बाटै एस्तो अभिब्यक्ती आए पछी थप निरास बनेका हुन । प्रधानमन्त्री केपी शर्मा ओलीले टेलिभिजनमा निर्मला पन्त हत्याकाण्डमा सोधपुछका लागि नियन्त्रणमा लिइएका बम दिदीबहिनी बबिता र रोशनीको बचाउ गर्दै बोलेपछी घटना को सत्य छानबिन माथी सुदूरपश्चिमबासीहरु बिस्वस्थ हुन नसकेका हुन ।

प्रहरीसंग भएको भनिएको डीएनए सबुत र उसले खोजेको हत्याराको ७–१० दिनभित्र हुनसक्ने रक्त परिक्षणको निर्क्यौल हप्तौं बित्दा पनि बाहिर ल्याइएको छैन। एउटा मानसिक रोगी र आपराधिक पृष्ठभूमि भएको मानिसलाई पक्राउ गरिएको छ। डीएनए म्याच भयो कि भएन नतिजा बाहिर ल्याउनु पर्दैन ? पहिले प्रहरीले झुठो मान्छे खडा गरेर अपराधी बचाउ गर्ने अनि अहिले फेरि डीएनए टेष्टको नतिजा बाहिर नल्याउनुमाथि ठूलो रहस्य लुकेको आशङका गर्न थालिएको छ ।

निर्मला पन्तको हत्यारालाई कार्वाही गर्न माग गर्दै आन्दोलन गरेका सुदूरपश्चिमबासीहरुलाई १५ दिनभित्र अपराधी पत्ता लगाउने भन्दै आन्दोलनकारीसंग सरकारले प्रतिवद्धता जनाएको थियो। आन्दोलनमा एक जना शहीद र २ जना जीबन मृत्युको दोसांधमा छन् तर निर्मला पन्त हत्याकाण्डबारे प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिले सत्य तथ्य अनुसन्धान नगरिरहेको प्रहरी लाई नै बल पुगेको र सत्य तथ्य अनुसन्धान लाई नै प्रभाबित बनाउने आशङका पैदा भएको छ ।

प्रधानमन्त्रीबाट दोषीलाई बाहिर सार्वजनिक गर्नुको सट्टा टेलिभिजनबाट पिडितलाई नै आघात पुग्ने अभिव्यक्ति दिँदा सुदूरपश्चिमबासी थप आक्रोशित भएका छन्। प्रधानमन्त्रीको यो अभिव्यक्तिले अनुसन्धानसमेत प्रभावित हुने सुदूरपश्चिमबासीले आशङका गरेका छन्।

प्रकाशित मिति : २२ भाद्र २०७५, शुक्रबार  २ : ३७ बजे