चलचित्रकर्मी कोइराला प्रभुनारायण चौधरी स्मृति सम्मानबाट पुरस्कृत



काठमाडौं –

चलचित्र निर्देशक रमेश कोइराला प्रभुनारायण चौधरी स्मृति सम्मान तथा पुरस्कारबाट सम्मानित भएका छन् । नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)का संस्थापक अध्यक्ष समेत रहेका प्रभुनारायण चौधरी जनआन्दोलन–२ पछिको सरकारमा भूमिसुधार तथा व्यवस्था मन्त्री समेत भएका थिए ।

शुक्रबार काठमाडौंको भृकुटीमण्डपस्थित पर्यटनबोर्डमा सम्पन्न कार्यक्रममा विगत दुई दशकदेखि चलचित्र क्षेत्रमा क्रियाशिल निर्देशक रमेश कोइराला, कान्तिपुर टेलिभिजनका प्रदिप कुमार लेखी, गोरखापत्र दैनिकका लक्की चौधरी, श्रृंगार अमृत मरठ्ठा तथा गायिका रेखा भट्टराई सम्मानित भएका हुन् ।

प्रभुनारायण चौधरी स्मृति प्रतिष्ठानका अध्यक्ष विद्यानन्द लेखीको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि संघीय मामिला तथा स्थानिय विकास मन्त्री लालबाबु पण्डित रहेका थिए ।

विमला चौधरीको उद्घोषणमा सम्पन्न कार्यक्रमका बिशेष अतिथिहरुमा वरिष्ठ अधिवक्ता कृष्ण प्रसाद भण्डारी, लोककृष्ण भट्टराई, शंकरलाल चौधरी तथा डा. लता चौधरी रहेका थिए । त्यस्तै, कार्यक्रममा प्रधाध्यापक डा.खेमबन्धु कोइराला तथा महाविरप्रसाद सिंह लगायत अतिथिहरुको सहभागीता रहेको थियो ।

प्रकाशित मिति : ३० भाद्र २०७५, शनिबार  १० : ५१ बजे