मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनैतिक बेइमानी गर्दै राजपा,सरकार का मन्त्री नै सम्बिधान को बिरुद्द मा उतार्ने



यही सम्बिधान अन्तरगत बनेको सरकार मा पनि सहभागी हुने र सम्बिधानको बिरुद्दमा अफना मन्त्री नै सडकमा उतार्ने राजनैतिक बेइमान पूर्ण निर्णय राजपा अध्यक्ष मण्डलको बैठकले गरेको बुझिएको छ ।

राजपाले संविधान दिवसको दिन (असोज ३ गते) विरोध गर्न आफ्ना मन्त्री नै सडकमा उतार्ने भएको छ । स्रोतका अनुसार संविधान विरोधका लागि राजपाले खटाएका प्रदेशका मन्त्री र राज्यमन्त्रीले विभिन्न ठाउँमा सम्बोधन गर्ने राजपा निकट स्रोतले जनाएको छ ।

केहि दिन अघाडी काठ्मान्डौमा बसेको राजपा अध्यक्ष मण्डलको बैठकले संविधान दिवसको दिन विरोधकै लागि मन्त्रीहरु खटाउने निर्णय गरेको राजपा निकट स्रोतले जनाएको छ ।

राजपाका मन्त्री भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनलले सप्तरी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश रायले सिरहा, समाजिक विकासमन्त्री नवलकिशोर साहले धनुषा, भौतिक पूर्वाधार राज्यमन्त्री डिम्पल झाले महोत्तरी, समाजिक विकास राज्यमन्त्री अभिराम शर्माले सर्लाही र उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले रौतहटमा संविधान दिवसको दिन विरोध सभालाई सम्बोधन गर्नेछन् ।

त्यस्तै दलका शीर्ष नेताले पनि देशका विभिन्न स्थानहरुमा आयोजना हुने विरोध सभालाई सम्बोधन गर्नेछन् ।

प्रकाशित मिति : ३० भाद्र २०७५, शनिबार  १ : ४७ बजे