मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नापी कार्यालय बुढानीलकण्ठका नापी सर्वेक्षक २५ हजार रुपैयाँ घुसहित पक्राउ



काठमाडौं असोज, २–

२५ हजार रुपैयाँ घुसहित नापी कार्यालय बुढानीलकण्ठ, काठमाडौंका नापी सर्वेक्षक सुरेन्द्रसिंह कुवँर पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई जग्गा हाल साविक गर्ने प्रयोजनका लागि घुस मागेको भन्ने उजुरीका आधारमा पक्राउ गरेको हो ।

घुसबापतको २५ हजार रकम लिइसकेको अवस्थामा बुढानीलकण्ठ नगरपालिका वडा नं–७ हात्तीगौडास्थित कमर्सियल कम्प्लेक्सको कम्पाउण्डबाट उनलाई नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।

अख्तियारले यसबारेमा आवश्यक अनुसन्धान भइरहेको जानकारी गराएको छ ।

प्रकाशित मिति : २ आश्विन २०७५, मंगलबार  ६ : २६ बजे