३ असोज, काठमाडौं–
पछिल्लो समय संगीत क्षेत्रमा निकै सकृय रहेका गीतकार डीपी खनालको शब्दमा लोकप्रिय गायक राजु लामा र गयिका रमिला ज्ञाङ्मी मगरको सुमधुर स्वरमा ‘सरसर…..’ वोलको लोक तथा पप गीत सार्वजनिक भएको छ ।
गीतमा लोकप्रिय तथा मंगोलियन हर्ट गायक राजु लामा र गयिका रमिला ज्ञाङ्मी मगरकाको सुमधुर स्वर रहेको छ भने धनु ज्ञाङ्मी मगरको संगीत रहेको छ ।
सेवा रेकर्डिङ स्टुडियोमा मुस्कान मुकारुङद्वारा रेकर्डिङ ‘सरसर…..’ वोलको गीतलाई उदयराज पौडेलले संगीत संयोजन गरेका हुन् । गीतको म्युजिक भिडियोतर्फ पत्रकार तथा निर्देशक शुब्रतराज आचार्याको निर्देशन रहेको छ, भने जय शर्माको सहनिर्देशन रहेको छ ।
जसमा एलिश राई, गम्भिर बिष्ट र प्रकाश वस्नेतको नृत्य रहेको छ । सुरेन्द्र वस्नेतको कोरियोग्राफी रहेको यस गीतलाई नवराज उप्रेतीले छायांकन गरेका हुन् भने नविन निरौलाको सम्पादान रहेको छ
https://www.youtube.com/watch?time_continue=109&v=rYq-e0Rtzkw