मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

केही दिनपछी घर फर्किन्छु भनेका धादिङका बिबश घले रातो बाकसमा आउदै , विषाक्त मदिराले लियो ज्यान…



काठमाडौं –

मलेसियाको राजधानी क्वालालुम्पुर क्षेत्रमा विषाक्त मदिरा सेवन गर्दा मृत्यु हुनेको सङ्ख्या १५ पुगेको छ । जसमा ७ नेपाली रहेको मलेसियन सञ्चारमाध्यमले जनाएका छन् ।  विषाक्त मदिरा सेवन गर्दा धादिङ गंगाजमुना गाउपालिका बसेरिको बिबश घलेको मृत्‍यु भएको छ । केही दिनपछी मात्र घर फर्किन्छु भनेका थिए तर फर्किएनन ।

समाचारअनुसार  मलेसियामा सार्वजनिक विदा भएकाले छुट्टी मनाउन उनीहरुले मदिरा सेवन गरेका थिए । सोमबार मलेसियाली राजाको जन्मदिन भएकाले त्यहाँ सार्वजनिक छुट्टी दिइएको थियो ।

क्वालालम्पुर क्षेत्रको सुनगाई बुलो, गोमबाक, काजाङ, क्लाङ र शाह आलम क्षेत्रमा मदिरा सेवन गरी बिरामी परेका ४८ मध्ये १५ जनाको मृत्यु भएको हो । विषाक्त मदिरा सेवनकै कारण थप ३३ जनाको गम्भीर अवस्थामा उपचार भइरहेको छ । जसमा १५ जना नेपाली नागरिक रहेको बताइएको छ ।

क्वालालम्पुरका पुलिस कमिस्नर माजलान मानसोरले ७ नेपालीसहित १५ जनाको मृत्यु भइसकेको र ३३ जनाको गम्भीर अवस्थामा उपचार भइरहेको पुष्टि गरेका छन् । मृत्यु हुनेमध्ये दुई जना नेपालीको सनाखत भएको छ । मृत्यु हुनेमा वर्ष २६ का विशाल बुढाथोकी र वर्ष २९ का सञ्जय उराउ रहेको क्वालालम्पुरस्थित नेपाली दूतावासले जनाएको छ ।

अस्पतालमा उपचाररत बिरामीहरुका अनुसार उनीहरुले कालाङक्षेत्रका विभिन्न पसलबाट म्याण्डले ह्विीस्की, किंगफिसर बियर र ग्राण्ड रोयल ह्वीस्की सेवन गरेका थिए ।

अस्पतालमा उपचाररत बिरामीहरुमा वान्ता आउने र स्वास फेर्न गाह्रो हुने समस्या देखिएको छ । सबैजसो बिरामीलाई एउटै लक्षण देखिएको र उनीहरु सबैले यी तीनमध्ये एक मदिरा सेवन गरेको पाइएको छ ।

मलेसियामा सस्तो मूल्यका मदिराहरु नेपालीहरुको रोजाईमा पर्ने गरेको र बिरामी भएकामध्ये धेरै नेपालीनै रहेको बताइएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : ४ आश्विन २०७५, बिहिबार  ६ : ०३ बजे