मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश २ सरकारलाई तत्काल बर्खास्त गर्नुको कुनै विकल्प छैन- नेकपा नेता भिम रावल



काठमाडौं । प्रदेश २ सरकारलाई तत्काल बर्खास्त गर्नु पर्ने भन्दै नेपाल कम्युनिष्ट पार्टीका नेता भीम रावलले कडा आलोचना गरेका छन् ।

सरकारमा सत्तासिन दलले संविधानको अवमुल्यन गर्नु गम्भीर अपराध भएको भन्दै नेता रावलले प्रदेश सरकारलाई वर्खास्त गर्नुको कुनै विकल्प नरहेको जनाएका छन् ।

देशैभर संविधान दिवसको हर्ष उल्लास मनाइरहेको ओली सरकारलाई सिके राउतले चुनौती दिएका छन् । जनकपुरधामको मुख्य चोकमा हजारौं कार्यकर्ताका माझ राउतले झण्डै २० मिनेट भाषण गरेर एकाएक गायब भएका हुन् ।

सयौंको संख्यामा हतियार सहित तैनाथ रहेको नेपाल प्रहरीलाई चक्मा दिन सफल राउतले सरकारलाई ठाडो चुनौती दिदै देशमा नरसंहार हुन सक्ने चेतावनी समेत दिएका छन् ।

यस्तै, प्रदेश २ सरकारले समेत संविधान दिवस वृक्षरोपण गरेर मनाउने भन्दै आैपचारीक निर्णय गरेको अवस्थामा प्रदेश सरकारका मन्त्रीहरु समेत संविधान दिवसमा उपस्थित नभएर सिङ्गो मुलुकको बेइज्जत गरेको भन्दै सत्तारुढ दलमा रडाको मच्चेको स्रोतको दावी छ ।

नेकपाका नेता भीम रावलले प्रदेश २  सरकारको रवैया प्रति कडा टिप्पणी गर्दै संघिय सरकारले प्रदेश सरकारलाई वर्खास्त गर्नु पर्ने भन्दै प्रधानमन्त्री आेलीलाई सुझाव दिएका छन् । रावलले उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई समेत फोन सम्पर्क गरेर संविधान दिवसका उपस्थित नहुनुको कारण माग गरेको स्रोतको दावी छ ।

नेकपामा नेता रावललेसंघिय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले समेत यसबारे कदम चाल्न सत्ता मोह त्याग्न सकनु पर्ने भन्दै फोरमको शैलीप्रति कडा आपत्ति जनाएका छन् । तर, पछिल्लो समय मन्त्री पण्डित समेत विवादीत कार्यमा संलग्न रहेको भन्दै उनको विकल्प समेत खोजिनुपर्ने मत रावलको रहेको स्रोतको दावी छ ।

सस्रोतका अनुसार, गृहमन्त्री बादलको असक्षमता छर्लङगै भएको भन्दै नेता रावलले गृहमन्त्रीको राजीनामा समेत मागेका छन् । गृहमन्त्रीले तराईमा हिंसामा संलग्न रहेको सिके राउत समुहले सार्वजनिक स्थल तथा जनकपुरधामको मुख्य चोकमा कार्यक्रम गरेर सिके राउतले नै ढ‍भाषण गर्दा सम्म प्रहरी मुखदर्शक बनेकाले नैतिकताका आधारमा उनको राजीनामा स्वत: आउने समेत जनाएका छन् ।

प्रकाशित मिति : ४ आश्विन २०७५, बिहिबार  ६ : ०९ बजे