मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रहरी र हतियारधारी समूहबीच विद्यालयमा गोली हानाहान, शिक्षकको हत्या



सुनसरी असोज, ४–
सुनसरीको भुताहामा गोली प्रहारबाट एक शिक्षकको ज्यान गएको छ ।  भारतबाट आएको हतियारधारी समूहले स्थानीय विद्यालयका शिक्षक हसिद कुर्सितको गोली हानी हत्या गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीले  प्रहरी र हतियारधारी समूहबीच पनि गोली हानाहान भएको जनाएको छ ।

घटनामा प्रहरीमा पनि घाइते भएका छन् । यद्यपि, कति घाइते भए भन्ने विवरण आइसकेको छैन ।

अहिले जिल्ला सम्पूर्ण नाकाहरु शिल गरिएको प्रहरीले जनाएको छ । उनीहरु चारै जना फरार छन्

 

प्रकाशित मिति : ४ आश्विन २०७५, बिहिबार  ८ : ११ बजे