मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुनसरीको भुताहामा स्थानीय बासिन्दा आन्दोलित,स्थिति तनावपूर्ण, सीमामा बस्ने सशस्त्र प्रहरीबलले हत्यारालाई नरोकेको स्थानीयको आरोप



सुनसरी असोज, ५–

नेशनल पब्लिक स्कुल व्यवस्थापन समितिका अध्यक्ष मौलाना खुर्सिद अन्सारी हत्याको  विरोधमा स्थानीय आन्दोलित भएका छन् । बिहिबार सुनसरीको भुताहामा गोली हानी हत्या गरिएका हत्यारालाई पक्राउ गर्नुपर्ने र घटनाको छानबिन माग गर्दै स्थानिय आन्दोलनमा उत्रिएका हुन् ।

स्थानीय बासिन्दाले भुताहास्थित प्रहरी चौकी तोडफोड प्रयास गरेपछि स्थिति तनावपूर्ण बनेको छ । तीनवटा चेकपोष्ट कटेर भारतीय नम्बर प्लेटको एउटा पल्सर र अर्को एफजेड मोटरसाइकलमा आएर हत्या गरी तीनै चेकपोष्टमार्फत् फरार हुँदापनि प्रहरीले हत्यारा पक्राउ गर्न नसकेको भन्दै स्थानीय बासिन्दा आक्रोशित भएका हुन्। आक्रमणकारीहरु गोली प्रहारपछि भूटाहा बजार हुँदै सीमापारी भारतीय बजार घुर्ना छिर्न सफल भएका थिए ।

बिहीबार बिहान भुटाहा बजारमा विद्यालय व्यवस्थापन समितिको बैठक सकिए लगत्तै चिया पिउन बजार निस्केका बेला अन्सारीमाथि गोली प्रहार गरेका थिए ।

भुटाहा बजारमा खुर्सिदको गोली प्रहार गरी हत्या भएको खबर फैलिएपछि भारततिर जाने बाटोमा स्थानीय बासिन्दाहरुले हत्याराहरुलाई रोक्ने प्रयास गरेका थिए। केहीले सडकमा बेन्ची राखेर रोक्ने प्रयास गरेका थिए। बीचमा लठीको भरमा बन्दुकधारीलाई रोक्न खोज्ने प्रहरी जवान शिव पौडेलको खुट्टामा गोली प्रहार गरेर सहजै भागेको स्थानीयले बताएका छन् ।

प्रहरी र सीमामा बस्ने सशस्त्र प्रहरीबलले ती बन्दुकधारीलाई पक्राउ गर्न चाहेको भए ठाउँको ठाउँमै गोली हान्न सक्ने वा पक्राउ गर्न सक्ने भएपनि नरोकेको स्थानीयको भनाइ छ

 

प्रकाशित मिति : ५ आश्विन २०७५, शुक्रबार  ७ : ४८ बजे