मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एक्कासी घट्यो नेपाली बजारमा सुनको मुल्य



काठमाडौं-

आज साताको अन्तिम नेपाली बजारमा सुनको मुल्य तोलामा एक्कासी ३ सय रुपैयाले घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज सुन तोलामा तीन सयले घटेर ५८ हजार १ सय रुपैयामा कारोबार भइरहेको छ ।सुन बिहीबार प्रतितोला ५८ हजार ४ सय रुपैयामा कारोबार भैरहेको थियो ।

त्यसैगरी आज तेजावी सुनको मूल्य प्रतितोला ५७ हजार ८ सय रुपैयामा कारोबार भैरहेको महासंघले जनाएको छ । बिहिबार स्थिर रहेको सुनको मुल्य आज ३ सय रुपैयाले घटेको हो ।

त्यस्तै, आज चाँदीको मुल्य पनि तोलामा ५ रुपैयाले घटेर तोलामा ७ सय २० रुपैयामा कायम रहेको रहेको महासंघले जनाएको छ । चाँदी बिहिबार प्रतितोला ७ सय २५ रुपैयामा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७५, शुक्रबार  ९ : १६ बजे