मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बलिउड हिरो सलमान खान र अभिनेत्री लुलिया बन्तुर फ्यान ले घेरिदा पर्‍यो अफ्ठेरो,सुरक्षा दिन गार्डलाई हम्मे हम्मे



बलिउड अभिनेता सलमान खान र अभिनेत्री लुलिया बन्तुरको सम्बन्ध बिग्रिएको चर्चा चलेको थियो । तर यही चर्चाको बीच यी दुई कलाकारसँगै राजस्थानमा सञ्चारकर्मी तथा प्रसँसकबाट घेरिएका छन् । यी दुई अहिले भिडियोमा भाईरल बनेका छन् ।

राजस्थानको जयपुर बिमानस्थलमा यी दुईसँगै भेटिएपछि उनीहरुको फोटो तथा भिडियो खिच्न सञ्चारकर्मीदेखि आम नागरिकसम्म तँछाड मछाड गरे । जसका कारण यी दुईलाई सुरक्षा दिन सलमानको सेक्युरिटी गार्डलाई हम्मे हम्मे परेको थियो ।

सञ्चारकर्मीका अघि सार्वजनिक हुन नखोजेका सलमान र लुलियासँगै हिडेको भिडियो यतीबेला भाईरल भएको छ । पछिल्लो समय सलमान र लुलियाको सम्बन्ध विग्रिएको र सलमान फेरी कैटरिनासँग नजिक भएको समाचार आईरहेको थियो ।

आफु अझै पनि लुलियासँग नाजिक भएको कुरा सलमानले भन्नु परेन । यी दुईलाई बिमान स्थलमा घेरेर सञ्चारकर्मी तथा सर्वसाधारणले तस्बिर एवम् भिडियो खिचेर यतीबेला भाईरल बनाई दिएका छन् । एजेन्सी

प्रकाशित मिति : ५ आश्विन २०७५, शुक्रबार  ९ : ४० बजे