मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दशैंमा खसी बोका किन्दै हुनुहुन्छ ? सिङ हेरेर मात्रै किन्नुस



नेपालीको महान चाड दशैं नजिकिँदै गएपछि सरकारले काठमाडौं लगायतका मुख्य शहरमा भित्रिने खसी बोकाको स्वास्थ्य परीक्षण गर्ने भएको छ ।

काठमाडौं महमनगरपालिकाले विशेष गरी राजधानी भित्रिने पशुपंक्षीको स्वास्थ्य परीक्षणलाई तीव्रता दिन लागेको समाचार छ ।

महानगरपालिकाले राजधानी भित्रिने खसी, बोका, राँगो, भैंसी स्वस्थ छन् कि छैनन् भनेर परीक्षण गर्ने र यसरी परीक्षण गरेका खसी बोका राँगा भैंसीको सिङमा दुई प्रकारका रंग लगाउने भएको छ ।

महानगरपालिकाले हरियो चिह्न लगाए स्वस्थ र रातो चिह्न लगाए अस्वस्थ हुने भएकाले सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ ।

 

प्रकाशित मिति : ८ आश्विन २०७५, सोमबार  १२ : ४८ बजे