मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डलरको भाउ निरन्तर उकालो लाग्दै



९ असोज, काठमाडौं–

निरन्तर उकालो लागिरहेको अमेरिकी डलरको भाउ फेरि बढेकाे छ । नेपाल राष्ट्र बैंकले मंगलबार निर्धारण गरेको मूल्यअनुसार, अमेरिकी एक डलरको खरिद दर ११५ रुपैयाँ ९२ पैँसा छ भने बिक्री दर राष्ट्र बैंकले ११६ रुपैयाँ ५२ पैँसा तोकेको छ ।

निरन्तर उकालो लागिरहेको अमेरिकी डलरको भाउ केही दिन यता स्थिर देखिएकाे थियाे । अमेरिकी डलरकाे भाउ २४ घण्टा भित्रै करिब १ रूपैयाँले बढेकाे हाे ।  नेपाल राष्ट्र बैंकले हिजाे निर्धारण गरेको मूल्य अनुसार, अमेरिकी एक डलरको खरिद दर ११५ रुपैयाँ २२ पैँसा र बिक्री दर  ११५ रुपैयाँ ८२ पैँसा ताेकिएकाे थियाे । डलरकाे मुल्यमा भएकाे  वृद्धिसँगै  अन्य मुद्राहरूसँगकाे  खरिद बिक्री दर पनि  प्रभावित भएकाे छ ।

राष्ट्र बैंकले युरो एकको खरीद दर १३६रुपैयाँ ३८ पैसा र बिक्री दर १३७ रुपैयाँ ०९ पैसा तोकेको छ । मलेसियन रिङ्गिट एकको खरिद दर २८ रुपैयाँ ०७ पैसा र बिक्री दर २८ रुपैयाँ २२ पैसा छ । कतारी रियाल एकको खरिद दर ३१ रुपैयाँ ८४ पैसा र बिक्री दर ३२ रुपैयाँ एक पैसा रहेको छ । कुवेती दिनार एकको खरिद दर ३८३ रुपैयाँ ८३  र बिक्री दर ३८४ रुपैयाँ  छ ।

प्रकाशित मिति : ९ आश्विन २०७५, मंगलबार  ४ : ०० बजे