मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लिवियाको राजधानी त्रिपोलीमा झण्डै पाँच लाख बालबालिका उच्च जोखिमा



त्रिपोली ।

लिवियाको राजधानी त्रिपोलीमा अहिले झण्डै पाँच लाख बालबालिका उच्च जोखिमा रहेको पाइएको छ । ती बालबालिकाहरु विभिन्न प्रकारका जोखिमबाट लडिरहेको संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ)ले सोमबार जनाएको छ ।

विद्रोही लडाकूहरुसँगको भिडन्तमा (अगस्टको अन्त्यदेखि गत शनिबारसम्ममा कम्तीमा ११५ जना आम नागरिक मारिएका र झण्डै ४०० घाइते भएका छन् ।

युनिसेफले दक्षिणी त्रिपोलीमा भएको घटनाले १२ सय भन्दा बढी परिवार गत ४८ घण्टामा विस्थापित भएको सोमबार जनाएको छ ।
पछिल्लो समयमा भएका भिडन्तहरूकै कारण विस्थापित हुनेहरूको सङ्ख्या २५ हजार भन्दा बढी पुगेको र ती मध्ये आधाजति बालबालिका रहेको जनाइएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०७५, मंगलबार  ११ : १९ बजे