बलिउडका तिन खान मध्य अभिनेत्री कट्रिना कैफको रोजाइमा परे सलमान खान



बलिउड अभिनेत्री कट्रिना कैफले बलिउडका तिन खानः शाहरुख खान, आमिर बलिउडका तिन खानः र सलमान खान मध्य सलमान खानलाई शाहरूख खान र आमिर खानको तुलनामा उत्कृष्ट अभिनेता मानेकी छिन । उनले यी तिनै खानहरु संग काम गरिसकेकी छिन भने उनलाई फिल्म इन्डस्ट्रीमा स्थापित गर्ने पनि सलमान खाननै हुन् ।

सलमान र कट्रिनाले ‘मैंने प्यार क्यों किया’, ‘पार्टनर’, ‘युवराज’, ‘एक था टाइगर’ र ‘टाइगर जिन्दा है’ लगाएतका फिल्महरुमा संगै काम गरिसकेका छन् । र यो जोडीलाई दर्शकले अत्याधिक मात्रामा रुचाउने गर्दछन ।

केहि समय पहिला करण जौहरको शो ‘कफी विद् करण’ को एउटा श्रृंखलामा उनले तीन खानको अभिनयको तुलना गर्नु पर्ने भनिएको थियो र उनले जवाफमा भनिन्, ‘सलमान खान सबैभन्दा अगाडि ।’ सलमान खान अन्य तीन खान भन्दा उत्कृष्ट रहेको उनले बताएकी छिन् ।

प्रकाशित मिति : ९ आश्विन २०७५, मंगलबार  १२ : १० बजे