अभिनेता प्रदीप खड्काले गरे नयाँ फिल्मका लागी कागजी सम्झौता



निर्देशक हेमराज विसीले अहिले सर्वाधिक चर्चामा रहेका अभिनेता प्रदीप खड्कालाई लिएर नयाँ फिल्म बनाउने भएका छन् । फिल्मको नाम हालै सार्वजनिक नभएता पनि केही दिन अगाडि मात्र निर्देशक र प्रदिपबीच कागजी सम्झौता भएको छ ।

स्रोतका अनुसार, शुक्रवारबाट छायांकन सुरु हुन लागेको फिल्म ‘लभ स्टेशन’का निर्देशनको अफर पनि उज्जवल घिमिरेभन्दा अगाडि हेमराजलाई नै गरिएको थियो । तर उनले नगरे भए पछि उनको ठाउँमा निर्देशक घिमिरेलाई ‘लभ स्टेशन’को निर्देशन दिईएको खबर पनि बाहिरिएको थियो ।

फिल्ममा प्रदीपको अपोजिटका लागि अभिनेत्री साम्राज्ञी आरएल शाहसँग कुरा भइरहेको छ । उनी फिल्म गर्ने सोचमा रहेको खबर पनि सार्वजनिक भएको छ । भने यसअघि प्रदीपका साथमा फिल्म ‘भैरवी’ र ‘लभ स्टेशन’ गर्न अस्विकार गरेकी उनी यसपटक भने फिल्म गर्ने मूडमा रहेकी छिन ।

प्रकाशित मिति : १० आश्विन २०७५, बुधबार  ११ : १७ बजे