बलिउड फिल्म उधोग संसारमानै अत्याधिक रुचाइने फिल्म क्षेत्र हो । जो कोहि पनि यहाँ भिज्न चाहान्छन, रम्न चाहन्छन , र यहाँ सेलिब्रेटीहरुको प्रेम,विवाहको बारेमा चर्चा पनि चलिनै रहन्छन जुन सामान्य हो । भने बलिउडमा कयौ यस्ता सेलिब्रेटी छन्, जुन आधा उमेर बिती सक्दा पनि अझै सिंगल अर्थात अविवाहितनै रहेका छन् ।
त्यस मध्यकी एक अभिनेत्री हुन् अमिषा पटेल । ‘कहो ना प्यार हे’ जस्तो सुपरहिट फिल्मबाट बलिउडमा प्रवेस गरेकी अमिषा पटेलको अहिले ४२ वर्षकी भइसकेकी छिन तर पनि उनि अझै सिंगलनै छिन । उनको विवाह भएको छैन ।
उनि फिल्म निर्देशक विक्रम भट्टसँग सम्बन्धमा रहेको खबरले बलिउडलाई नतताएको भने पकै हैन तर यी दुईको सम्बन्धले निरन्तरता लिन सकेन ।
अहिले भने अमिषाले आफूलाई सिंगल रहेकोनै बताउने गर्दछिन ।