बलिउडकै सबै भन्दा महँगो फिल्म ‘ठग्स अफ हिन्दोस्तान’को ट्रेलर रिलिज



आमिर खान अभिनित फिल्म ‘ठग्स अफ हिन्दोस्तान’को ट्रेलर सार्वजनिक भएको छ । ठुलो क्यानभासमा खिचिएको यो फिल्म बलिउडकै सबै भन्दा महँगो फिल्म हो ।

सार्वजनिक ट्रेलर ३ मिनेट ३८ सेकेन्डको रहेको छ । जसमा निकै भयानक दृश्यहरुलाई समेटिएको छ । ट्रेलर रिलिज अगाडी सार्वजनिक गरिएका मोसन पोस्टरबाट फिल्मले अत्याधिक हाइप बटुलेको छ ।

फिलिप मेडोज टेलरको ‘कन्फेसन अफ अ ठग’ उपन्यासमा आधारित फिल्मले बलिउड बक्सअफिसका थुप्रै रेकर्डहरु तोड्ने अनुमान समेत गरिएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०७५, शुक्रबार  १० : ५४ बजे