मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आयुष्मानलाई फ्लिमी करिअरमा पनि प्रियंकाको साथ



वास्तविक जीवनमा एक भैसकेका अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका कार्की दुबैलाई एकको आवश्यकता अर्कोलाई उस्तै पर्छ । अझै प्रियंका कार्की आयुष्मानलाई ज्यादा मिस गर्छिन् । फेसबुकमा उनले बारम्बार आयुष्मानलाई मिस गरिरहेकी हुन्छिन् ।

फिल्मको दुनियामा भने यी दुइको रियल लाइफ जस्तो छैन । आयुष्मानसँग भेट्नु अगाडि नै प्रियंका सुपरस्टार बनिसकेकी थिइन् ।

प्रियंकालाई अझै पनि कामको खाचो छैन । उनी जती व्यस्त नेपाली फिल्ममा अरु हिरोइन छैनन् होला ।
आयुष्मान भने प्रियंकाको जस्तो उचाइमा छैनन् । प्रियंका कार्की सुपरस्टार बनिसक्दा आयुष्मानले चपली हाइट २ बाट आफूलाई फिल्म दुनियाँमा ल्याएका थिए ।

यो सिनेमा खासै चलेन । आयुष्मानलाई काम कसले देला भन्ने अवस्था थियो । तर, अहिले आयुष्मानको हातमा सिनेमाको अभाव छैन । तर, प्रियंका कार्की जुन फिल्ममा आयुष्मान पनि सोही फिल्ममा हुनु संयोग मात्र होइन होला । आयुष्मानले राधा २ मा अभिनय गर्दैछन् । यो सिनेमामा प्रियंका कार्की लिड अभिनेत्री हुन् ।

के यो सिनेमामा आयुष्मान जोडिनुको पछाडि प्रियंकाको हात छैन होला ? सिनेमा मात्र होइन, म्यूजिक भिडियोमा पनि आयुष्मान प्रियंकासँग मात्र देखिन्छन् ।

यी सबै कुरा हेर्दा फिल्मी दुनियाँमा प्रियंका विना आयुष्मान अपुरा रहेको वुझिन्छ । रियल दुनियाँमा दुइले दुइलाई साथ दिएका छन् । फिल्मी पर्दामा त प्रियंका आयुष्मानको करिअरमा सहयोगी बनिरहेकी छन ।

प्रकाशित मिति : १४ आश्विन २०७५, आइतबार  ३ : १८ बजे