मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सार्वजनिक यातायातमा एक रुपैयाँ पनि बढी भाडा लिएको भेटिए कारबाही गरिने , फोन मार्फत उजुरी गर्न सर्बसाधाराणलाई बिभागको आह्वान



काठमाडौँ ।

यातायात व्यवस्था विभागले सार्वजनिक यातायातमा सरकारले तोकेभन्दा एक रुपैँया पनि बढी भाडा लिए कारबाही गर्ने भएको छ । कसैले एक रुपैँया बढी भाडा लिए टेलिफोनमार्फत् सवारी साधनको नम्बरसहित जानकारी गराउन समेत विभागले आह्वान गरेको छ ।  एक रुपैँया पनि बढी लिएको भेटिए कारबाही गरिने र ट्राफिक प्रहरी र अनुगमनकर्ताहरुलाई सर्कुलर गरिएको बिभागले जनाएको छ ।

विभागले तोकेको भाडादर कार्यान्वयनमा सवारी साधन सञ्चालकहरुले अटेर गर्दै आएका छन् । हुँदा हुँदा कसैले त यात्रुलाई दुव्र्यवहार समेत गर्न पछि पर्दैनन् । विभागले गएको असोज ७ गते सार्वजनिक यातायातमा १० प्रतिशत भाडा बढाएको छ । भाडा बढाएपछि चार किलो मिटरसम्मको भाडा १४ रुपैयाँ तोकिएको छ । पाँच किलोमिटरसम्मको १६, छ किलो मिटरसम्मको १७, आठ किलो मिटरसम्म १८, १९ किलो मिटरसम्म २६ र १९ किलो मिटरभन्दामाथि २७ रुपैयाँ भाडा निर्धारण गरिएको छ ।

तोकेभन्दा एक रुपैयाँमात्र बढी भाडा लिए पाँच हजार कारबाही गरिने विभागले जनाएको छ ।  परिचालकले टिकट नदिए  सवारी नम्बरसहित विभागको फ्याक्स नम्बरसहित ४४७४९२२, फोन नम्बरमा  ४४७९६९०उजुरी गर्न  यस्तै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको हेलो सरकार कक्षको टोल फ्रि नम्बर ११११ फोन सम्पर्क र सन्देश पठाएर पनि उजुरी गर्न सकिने बिभागले जनाएको छ ।

यस्तै, प्रहरीको टोल फ्रि नम्बर १०१ र १०३ मा पनि बढी भाडा लिएको, दशैँमा अग्रिम टिकट बुकिङमा कालोबजारी, बढी भाडा लिएको आदि गुनासाको उजुरी मौखिक वा लिखित रुपमा गर्न सकिने जनाइएको छ ।

प्रकाशित मिति : १५ आश्विन २०७५, सोमबार  २ : ३६ बजे