मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पर्यटकको खोजि, उद्दार र अनुगमन सम्बन्धी नयाँ कार्यबिधी लागु



१८ असोज, काठमाडौं–

नेपाल सरकारले पर्यटकको खोजि, उद्दार्,उपचार र अनुगमन सम्बन्धी नयाँ कार्यबिधी सार्बजनिक गरेको छ ।नेपाल पर्यटन बोर्डले काठ्मान्डौमा गरेको एक कार्यक्रममा पर्यटन तथा नागरिक उड्यन मन्त्री रबिन्द्र अधिकारिले कार्यबिधिको बारेमा जानकारी गराएका हुन । कार्यक्रममा अमेरिका,युरोपियन युनियन लगायत देशका राजदुत तथा कुट्नितिक नियोगका प्रतीनिधी,अन्तर्‍राश्टृय सन्चारमाध्यमका प्रतीनिधी तथा पर्यटन ब्यबसायिहरुको उपस्थिती थियो ।

पछिल्लो समय नेपालामा पर्यटकको नक्कलि उद्दार गरी इन्स्योरेन्स कम्पनिहरुबाट हेलोकप्टर खर्च लगायत मोटो रकम निकाल्ने गरिएको समाचार रास्ट्रीय तथा अन्तर्‍रास्ट्रीय सन्चारमध्यमहरुमा आउन थाले पछी सरकारले सचेतता अपनाउदै उद्दार तथा अनुगमन कार्यबिधी लागु गरेको हो । कार्यबिधी बिपरित कार्य गर्नेलाई कार्बाही गरिने र आगामी दिनमा एस्ता घटना हुन नदिइने मन्त्री अधिकारिले बताए ।

कार्यक्रममा बोल्दै बेल्जियमका लागी नेपाली माहाबाणिज्यदुत तथा पर्यटन ब्यबसायी आङ छिरिङ शेर्पा ले एस्ता घटनाले देशको बारेमा नकारात्मक सन्देस जाने हुनाले आगामी दिनमा एस्ता घटना हुन नदिन सरोकारवाला सबै सचेत हुनुपर्ने बताए ।

त्यसैगरी नेपाल फ्रेट फर्वार्ड एसोसिएसनका अध्यक्ष तथा नेपाल उध्योग बाणिज्य माहासंघका सदस्य प्रकाश सिंह कार्किले हेलोकप्टर ब्यबसायिहरुको अस्वथ्य प्रतिस्पर्धालाई सरकारले अनुगमन गर्नुपर्ने र हेलिकप्टर सेवा प्रदायक कम्पनिहरुसग कम्तिमा चार पाचवटा हेलिकप्टर हुनै पर्ने निती सरकारले ल्याउनुपर्ने बताए ।

नेपाली काङ्रेस सोलुखुम्बुका नेता समेत रहेका ब्यबसायी कार्किले पर्यटन क्षेत्रमा काम गर्न आवास्यक जनशाक्ती र क्षमता नभएका तथा सम्बन्धित सरकारी निकायबाट अनुमती समेत नलिइकनपनी पर्यटकलाई सेवा सुबिधा दिने भनेर ठाउँ ठाउँमा बोर्ड ब्यानर रख्ने,बिभिन्न माध्यमबाट सुचना पुर्याउने तर पर्यटकले खोजे जस्तो सेवा उपलब्ध नगराउने गरेको जस्का कारण नेपाल आउने पर्यटक हरुले नराम्रो सन्देस लाने र बिदेसमा नेपालको पर्यटन उध्योगको छबी धमिलिने गरेको भन्दै सरकारले यसको बारेमा अनुगमन गर्नुपर्ने समेत बताए ।

प्रकाशित मिति : १८ आश्विन २०७५, बिहिबार  ५ : ४५ बजे