मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हामीले मसलाको रुपमा प्रयोग गर्ने मेथी का फाइदाहरु के के छन ? जानिराखौ



एजेन्सी

तरकारिलाई स्वादिलो बनाउन मेथीको प्रयोग गर्ने गरिन्छ । तर मेथीको   उपायोगिता एतिमा मात्रै सकिदैन । मेथी औशधी पनि हो एस्को प्रयोगले हामिलाई स्वस्थ रहन धेरै मद्दत पुर्याउछ । मेथिलाई आयुर्बेद शास्त्र ले पनि औशधिको रुपमा मानेको छ  ।

मेथीदानामा अत्यधिक पौष्टिक तत्व पाइन्छन् । यसलाई राती भिजाएर बिहान खाली पेटमा मज्जाले चपाएर खाँदा र यसको पानी पनि पिउँदा विभिन्न स्वास्थ्य समस्यालाई फाइदा पुर्याउने गर्दछ ।

भारतको उत्तराखण्ड आयुर्वेदिक विश्वविद्यालयका स्वस्थ वृत्त विभागका एचओडी डा. अवधेश मिश्राका अनुसार मेथीले भोक बढाउँछ र यसको नियमित सेवनले पित्त, कफ र ज्वारोको समस्यालाई टाढा राख्छ ।मेथी दानामा आइरन, क्याल्सियम, म्याग्नेसियम, पोटासियम, सोडियम, जिंक, फस्फरोस, फोलिक एसिडजस्ता मिनरल्सका साथै भिटामिन ए, बी र सी पनि पाइन्छन् । यसका साथै, यसमा भरपूर मात्रामा फाइबर्स, प्रोटिन, स्टार्च, सुगर, फस्फरोस एसिडजस्ता पौष्टिक तत्व पाइन्छ ।

के के छन मेथी का फाइदाहरु ?

मेथी दानाको दैनिक जसो प्रयोग गर्दा बाँझोपनजस्ता समस्या हुँदैन । स्पर्म काउन्ट र क्वालिटी निकै राम्रो हुन्छ ।

मेथी दानामा शरिरको टक्सिन बाहिर निकाल्ने क्षमता हुन्छ जसले मृगौलालाई स्वस्थ राख्न सहयोग पुर्याउँछ ।

मेथी दाना नियमित रुपमा खाँदा ग्याष्ट्रिकको समस्याबाट बच्न सकिन्छ । जलन र एसिडिटी पनि हुनबाट जोगाउँछ ।

मेथीदानामा पाइने् सोलुबल फाइबर्स ब्लड सुगरलाई नियन्त्रणमा राखेर मधुमेहको खतरा घटाउने गर्दछ ।

मेथी दानामा पाइने गेलाक्टोमेनन र पोटासियमले रक्तचापलाई नियन्त्रणमा राख्छ र हृदयघातबाट बचाउन सहयोग पुर्याउँछ ।

भिजाइएको मेथी दानाले पाचन क्रियालाई बलियो बनाउँछ । कब्जियतसहित पेटका विभिन्न समस्यालाई टाढै राख्छ ।

मेथीदानाले शरिरको टक्सिन बाहिर निकालेर छालालाई स्वस्थ बनाउँछ । चायाँ, पोतो, डण्डीफोरबाट बचाउने गर्दछ ।

बिहान दैनिक भिजाइएको मेथी दाना खाँदा कपाल चाँडै सेतो हुँदैन । झर्न पनि रोकिन्छ ।

मेथीदानाले पाचन क्रियालाई बलियो बनाएर कब्जियत र एसिडिटीलाई टाढै राख्छ ।

प्रकाशित मिति : २० आश्विन २०७५, शनिबार  १२ : ४९ बजे