मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दसैँमा घर फर्किने नेपालीलाइ सिमानामा भारतिय सुरक्षाकर्मिको सास्ती



२१ असोज, काठमाडौं–

दसैँ नजिकिँदै गर्दा कामका लागि भारत गएका सुदूरपश्चिम तथा कर्णालीका बासिन्दा घर फर्किन थालेका छन् ।

दक्षिणी नाका कैलालीको गौरीफन्टा र पश्चिमी नाका कञ्चनपुरको गड्डाचौकीमा घुइँचो लाग्न थालेसँगै भारतीय सुरक्षाकर्मीले सताउन सुरु गरेको उनीहरूले गुनासो गरेका छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

भारतका विभिन्न सहरमा काम गरिरहेका सुदूरपश्चिम तथा कर्णालीका बासिन्दाको एक सातादेखि सीमानाकामा घुइँचो लाग्न थालेको हो । गौरीफन्टा नाकाबाट मात्रै दैनिक सात–आठ सय नेपाली फर्किने गरेको सीमामा रहेको त्रिनगर प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक पूर्ण बोगटीले बताए । ‘आजभोलि त बिहानैदेखि साँझसम्म लर्को हुन्छ,’ उनले भने ।

सुदूरपश्चिम र कर्णाली प्रदेशमा रोजगारीको अवसर छैन । जसले गर्दा यहाँका बासिन्दा कामको खोजीमा भारत जाने गर्छन् । उनीहरूको आधिकारिक तथ्यांकसमेत छैन । त्यहाँका विभिन्न सहरमा मजदुरी, चौकीदारीलगायत विभिन्न क्षेत्रमा काम गर्दै आएका छन् ।

भारतमा काम गर्ने अधिकांश सुदूरपश्चिम तथा कर्णालीका बासिन्दा चाडपर्वमा घर फर्किने गरेका छन् । कतिपय असारमा धान रोपेर भारत जाने र दसैँ–तिहारमा फर्किने गर्छन् भने हिउँदे बाली लगाएर फेरि जाने गर्छन् ।

त्रिनगर नाका भएर घर फर्किंदै गरेका बाजुरा कैलासमाडौंका गोकुल बुढा असारमा रोपाइँ सकेर भारत गएका थिए । सिम्लामा स्याउ टिप्ने काम गरेका उनी दसैँका लागि घर फर्किएका हुन् । उनले भने, ‘पाँचजनाको परिवार छ । घरखर्च चलाउन पनि काम गर्नै पर्यो । आफ्नो देशमा केही पाइँदैन ।’ हिउँदे बाली लगाएर फेरि भारत जाने उनले बताए ।

 

प्रकाशित मिति : २१ आश्विन २०७५, आइतबार  ३ : ४४ बजे