मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतको निर्वाचन आयोगद्द्वारा पाच राज्यमा विधानसभा निर्वाचनको मिति तय



काठमाडौं ।

भारतको निर्वाचन आयोगले  मध्य प्रदेश, मिजोरम, छत्तीसगढ,  राजस्थान र तेलंगनामा विधानसभा निर्वाचनको मिति तय गरेको छ । जसमध्ये छत्तीसगढमा दुई चरणमा निर्वाचन हुनेछ भने अन्य राज्यहरुमा एकै चरणमा  निर्वाचन हुने भएको छ । ।

 यी राज्यहरुमा जित हासिल गर्नेको पक्षमा आगामी सरकार बन्नसक्ने धेरैको आँकलन रहेकोले  पनि उक्त राज्यहरुमा हुन गइरहेको निर्वाचन महत्वपूर्ण हुने बताइएको छ    । यो निर्वाचनमा विपक्षी पार्टी एक भएर जाने तयारीमा छन् । आगामी निर्वाचनमा गठबन्धन बनाउँदै निर्वाचनमा जाने तयारीमा रहेको कांग्रेस आईलेअन्य पार्टीहरुसँग सहकार्य गर्दै अघि बढ्ने योजना बनाएको छ ।

 छत्तीसगढ, राजस्थान र मध्य प्रदेशमा रहेको बीजेपीको सरकार पुनः कायम हुने वा नहुने भन्ने कुराले आगामी निर्वाचनको भविष्य तय गर्नेछ । यसअघि बीजेपीको सरकार रहेको गोवामा कांग्रेस पहिलो पार्टी बनेको थियो भने मोदीकै गृहक्षेत्र गुजरातमा पनि विपक्षी पार्टीहरुसँग निकै कडा प्रतिस्पर्धा भएको थियो ।

 (एजेन्सी)

प्रकाशित मिति : २१ आश्विन २०७५, आइतबार  ७ : ३३ बजे