मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डा. गंगाप्रसाद उप्रेती नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपतिमा पुन नियुक्त



२१ असोज, काठमाडौं ।

सरकारले नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपतिमा डा. गंगाप्रसाद उप्रेतीलाई नियुक्त गरेको छ ।यसअघि पनि कुलपति रहेका उप्रेती आगामी चार बर्षका लागि प्रतिष्ठानको कुलपति नियुक्त भएका हुन् । प्रधानमन्त्री ओलीले कुलपति डा.उप्रेतीलाई आइतबार नै सिंहदरबारमा पद तथा गोपनीयताको सपथ ग्रहण गराएका छन् ।

कुलपति उप्रेतीले सरकारले  कार्यहरूको मूल्याङ्कन गरेर योग्य ठानी फेरि त्यो जिम्मेवारी  दिएकोमा खुशी ब्यक्त गर्दै कुशलतापूर्वक निभाउने बताए ।

त्यस्तै सरकारले  प्रज्ञा प्रतिष्ठानको सदस्यमा सदस्यमा जगत प्रसाद उपाध्यायलाई नियुक्त गरेको छ । सदस्य उपाध्यायलाई कुलपति उप्रेतीले पद तथा गोपनियताको सपथ गराए ।

सपथ ग्रहण समारोहमा प्रधानमन्त्री ओलीले प्रतिष्ठानले समाजलाई साहित्य र साँस्कृतिक हिसाबले  उज्यालो बनाउने काम गर्नुपर्ने बताए ।

 

प्रकाशित मिति : २१ आश्विन २०७५, आइतबार  ८ : १९ बजे