कमेडी  फिल्म ‘चङ्गा चेट’को अफिसियल ट्रेलर सार्वजनिक



दिपेन्द्र के.कंडेल निर्देशित कमेडी  फिल्म ‘चङ्गा चेट’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ ।  ३ मिनेट २० सेकेन्डको ट्रेलरमा मुख्य पात्रहरुलाई समेटिएको छ  ।

फिल्म ‘चङ्गा चेट’मा प्रदिप भारद्वाजको कथा तथा माधव वाग्ले ,शर्मिला पाण्डे निर्माता रहेका छन् भने फिल्ममा प्रियंका कार्की , आयुशमान देशराज जोशी ,रबिन्द्र झा , सन्दिप क्षेत्री ,सुरक्ष्या पन्त,अर्पना थापा ,परमिता राज्यलक्ष्मी राना ,पुस्कर गुरुङ , सरिता गिरि लगाएतका कलाकारहरुको अभिनय रहेको छ ।

फिल्म कार्तिक १६ बाट देशव्यापी प्रर्दशनमा आउदैछ ।

हेर्नुहोस भिडियो

प्रकाशित मिति : २१ आश्विन २०७५, आइतबार  २ : ४४ बजे