मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठ्मान्डौ उपत्यकाका तीन प्रहरी वृत्तमा प्रहरीको नेतृत्व परिवर्तन, को को काहा काहा परे ?



काठमाडौं असोज, २२–

प्रहरी प्रधान कार्यालयले उपत्यकाका तीन प्रहरी वृत्तमा प्रहरीको नेतृत्व परिवर्तन गरेको छ । प्रहरी उच्च स्रोतले दिएको जानकारी अनुसार महानगरीय प्रहरी वृत्त बौद्ध, थानकोट र सातदोबाटो वृत्तमा प्रहरीको नेतृत्व परिवर्तन गरिएको हो । महानगरीय प्रहरी वृत्त बौद्धमा डीएसपी नरेन्द्र चन्द, थानकोटमा डीएसपी कुमार विक्रम थापा र   सातदोबाटो वृत्तमा डीएसपी गौतम  मिश्रलाई पठाईएको बताईएको छ । बौद्धका डीएसपी श्यामकुमार राई गत शनिबार घुस काण्डमा निलम्बनमा परेपछि वृत्तको नेतृत्व रिक्त रहेको थियो ।  थानकोटका डीएसपी नवरत्न पौडेल युएन मिशनमा जाने भएपछि थापालाई त्यहाँ पठाईएको हो भने सातदोबाटोका डीएसपी विनोद सिलवाल प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धनन पिवभागमा सरुवा भएपछि उक्त स्थानमा मिश्रलाई पठाईएको हो । डीएसपी चन्दको बौद्ध सरुवापछि यसअघि उनी कार्यरत रहेको महानगरीय प्रहरी परिसर ललितपुरमा विवादास्पद छविका अपिलराज बोहराको सरुवा भएको छ ।

प्रहरी प्रधान कार्यालयको उजुरी छानविन शाखामा दरबन्दी रहेका बोहरा पूर्व एआईजी जयबहादुर चन्दको विश्वासपात्र मानिन्छन् । उनी चन्द लागू औषध नियन्त्रण व्युरोमा कार्यरत रहँदा बहुचर्चित प्रिक्रसर काण्डमा मुछिएका थिए । आजदेखि वृत्तका इञ्चार्ज सम्हालेका डीएसपीहरु चन्द, थापा र मिश्र व्यवसायिक प्रहरी अधिकृतको रुपमा परिचित छन् ।

 

प्रकाशित मिति : २२ आश्विन २०७५, सोमबार  ११ : ०३ बजे