मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेकपाका वरिष्ठ नेता माधव नेपाल असन्तुष्ट, सचिवालय बैठकमा लिखित असहमति पेश



काठमाडौं असोज, २२–

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपाल नेकपाको सचिवालय बैठकमा लिखित असहमति पत्र पेश गरेका छन् ।  वरिष्ठ नेता माधवकुमार नेपालको लिखित असहमति पत्रमाथि नेकपाको सचिवालय बैठकमा छलफल हुने भएको छ ।
सोमबार बसेको सचिवालय बैठकले एजेण्डाहरु तय गरेको हो, जसमा नेता नेपालको असहमति पत्र पनि छ । प्रदेश इन्चार्ज–सहइन्चार्ज र अध्यक्ष–सचिव मनोनयनप्रति असन्तुष्टि जनाउँदै नेता नेपालले लिखित असहमति नै दर्ता गरेका छन् ।

सचिवालयबाट नभई स्थायी कमिटीबाट निर्णय गर्नुपर्ने, आफू र अर्का नेता नारायणकाजी श्रेष्ठ प्रकाश विदेश भ्रमणमा भएका बेला निर्णय गरेको र मापदण्डअनुसार पनि नभएको भन्दै नेता नेपालले महासचिवलाई असहमति पत्र दिएका थिए ।

त्यसलाई सचिवालय बैठकको एजेण्डा बनाएको र पर्सि बुधबार त्यसमाथि छलफल हुने एक नेताले बताए ।

सोमबारको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले अमेरिका भ्रमण, अर्का अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठले चीन भ्रमणबारे ब्रिफिङ गरेका छन् । साथै पर्सिको बैठकका थप एजेण्डासमेत तय गरेको छ ।

\

प्रकाशित मिति : २२ आश्विन २०७५, सोमबार  ११ : १३ बजे