मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राष्ट्रिय मानव अधिकार आयोगलाई तरुण दलको ज्ञापनपत्र



काठमाडौँ– नेपाल तरुण दलले  रोल्पा नगर अध्यक्ष रोहित पुनलाई न्याय दिलाउन माग गर्दै राष्ट्रिय मानव अधिकार आयोगमा ज्ञापनपत्र बुझाएको छ।

अध्यक्ष जीतजङ्ग बस्नेत, महासचिव भूपेन्द्रजङ्ग शाही लगायतको टोलीले राष्ट्रिय मानव अधिकार आयोगका कार्यवाहक अध्यक्ष प्रकाश वस्तीलाई ज्ञापनपत्र बुझाएको हो

सत्तारुढ  नेकपाका कार्यकर्ता देव घर्ती लगायतको समूहबाट हत्या गरिएका पुनलाई शहीद घोषणा गर्न माग गर्दै  राजनीतिक प्रतिशोध लिई सुनियोजित ढंगबाट हत्या भएको र  दोषी पत्ता लगाई कारबाहीको दायरामा ल्याउन नेपाल सरकारको सम्बन्धित निकाय नेपाल प्रहरी प्रशासन गम्भीर नभएकोले आयोगलाई ज्ञापनपत्र बुझाइएको अध्यक्ष जीतजङ्ग बस्नेतले  बताएका छन ।

प्रकाशित मिति : २२ आश्विन २०७५, सोमबार  १२ : १० बजे