मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एकान्तकुनाका यातायात कार्यालय प्रमुखसहित १० जनाविरुद्ध मुद्दा – ट्रायल फेल भएका २ सय ४ जनालाई लाइसेन्स दिएको अभियोग



काठमाडौं असोज, २३–

ट्रायल फेल भएका २ सय ४ जनालाई लाइसेन्स दिएको अभियोगमा यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र कार्यालय, एकान्तकुनाका प्रमुखसहित १० जनाविरुद्ध मुद्दा दर्ता भएको छ । एकान्तकुनाका प्रमुख तेजनारायण यादवसहित १० जनाविरूद्ध अख्तियारले  मुद्दा दायर गरेको  हो ।
कार्यालयका शाखा अधिकृतहरू ईश्वरराज रेग्मी, भूपराज दाहाल, शिवप्रसाद सुवेदी, विष्णुप्रसाद सुवेदी र मेकानिकल इन्जिनियर श्याम केसी, ठूलोभर्‍याङ कार्यालयका शाखा अधिकृत शालिग्राम पौडेल, यातायात व्यवस्था विभागका कम्प्युटर अपरेटर लक्ष्मण तिवारी, ठूलोभर्‍याङ कार्यालयका कम्प्युटर अपरेटर विज्ञान खड्की र एकान्तकुना ललितपुर कार्यालयका नायव सुब्बा लेखनाथ भूषालविरूद्ध विशेष अदालतमा मुद्दा हालेको हो।

आयोगले उनीहरूलाई भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा १३ को कसुरमा हदैसम्मको जरिवाना र कैद सजाय माग गरेको छ।

यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, बागमतीका कर्मचारीले आर्थिक लाभ लिएर परीक्षामा फेल भएका एवं ट्रायल परीक्षा नदिएकै अवस्थामा समेत सवारी चालक अनुमतिपत्र जारी गर्छन् भन्ने उजुरीमा अनुसन्धान गर्दा यी कर्मचारीले ट्रायल फेल भएकालाई लाइसेन्स दिएको खुलेको आयोगले जनाएको छ।

 

प्रकाशित मिति : २३ आश्विन २०७५, मंगलबार  १२ : ३२ बजे