मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वाचालित पेस्तोल सहित एक युवकलाई पक्राउ



वीरगञ्ज असोज, २४–

पर्सा प्रहरीले स्वाचालित पेस्तोल सहित एक युवकलाई पक्राउ गरेको छ । प्रहरीले पर्साको पटेर्वासुगौली गाँउपालिका–४ फरदवाबाट  एक थान पेस्तोलसहित २५ वर्षीय मनोज पाशवानलाई पक्राउ गरेको हो ।

मंगलबार फरजदवामा रहेको भलुवही खोलाको बगरमा  चेकजाँच गर्नेक्रममा पाशवानलाई मेडईन युएसए लेखिएको स्वाचालित पेस्तोल र सोमा प्रयोग हुँने एक थान म्यागजिन सहित पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ ।

सुगौली गाउबाट निचुटा तर्फ जाँदै गरेका पाशवनमाथि शंकालागि चेकजाँच गर्दा पेस्तोल बरामद भएपछि आवस्यक अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।  पक्राउ  परेका पाशवानलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ भने उनीमाथि हातहतियार तथा खर खजाना मुद्दा चलाउने तयारी भएको प्रहरीले जनाएको  छ ।

 

प्रकाशित मिति : २४ आश्विन २०७५, बुधबार  १२ : ३८ बजे