वीरगञ्ज असोज, २४–
पर्सा प्रहरीले स्वाचालित पेस्तोल सहित एक युवकलाई पक्राउ गरेको छ । प्रहरीले पर्साको पटेर्वासुगौली गाँउपालिका–४ फरदवाबाट एक थान पेस्तोलसहित २५ वर्षीय मनोज पाशवानलाई पक्राउ गरेको हो ।
मंगलबार फरजदवामा रहेको भलुवही खोलाको बगरमा चेकजाँच गर्नेक्रममा पाशवानलाई मेडईन युएसए लेखिएको स्वाचालित पेस्तोल र सोमा प्रयोग हुँने एक थान म्यागजिन सहित पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ ।
सुगौली गाउबाट निचुटा तर्फ जाँदै गरेका पाशवनमाथि शंकालागि चेकजाँच गर्दा पेस्तोल बरामद भएपछि आवस्यक अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउ परेका पाशवानलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ भने उनीमाथि हातहतियार तथा खर खजाना मुद्दा चलाउने तयारी भएको प्रहरीले जनाएको छ ।










