मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गृहमन्त्री थापाले भने: काठमाडौंकै छेउ-छाउमा गाँजा खेती हुने गरेको थाहा छ



काठमाडौं असोज, २६–

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले लागूऔषध तस्करहरुको मूल सुकाउनुपर्ने बताएका छन् । गृहमन्त्री थापाले  काठमाडौंको काँठ क्षेत्रमा गाँजा खेती हुने गरेको आफूले थाहा पाएको खुलाएका छन् ।

शुक्रबार काठमाडौंमा लागूऔषध र मदिरा नियन्त्रणका लागि गृह–मन्त्रालयले आयोजा गरेको कार्यक्रमा बोल्दै मन्त्री थापाले भने, ‘उपत्यकाकै पहाडी क्षेत्रमा गाँजाखेती भइरहेको छ, त्यहाँ जनप्रतिनिधी र प्रहरी पनि छन् राजधानीमै गाँजाखेती गर्ने छुट कसले दियो ?’

मन्त्री थापाले भने– ‘तस्करी समाप्त गर्नुपर्छ, त्यसपछि न रह्यो बाँस न बज्यो बाँसुरी, हाम्रो अभियान सफल हुन्छ ।’

लागूऔषध पूर्णरुपमा निषेध र निर्मुल पार्नुपर्ने तर्क गर्दै मन्त्री थापाले नेपालमा हुने ७० प्रतिशत महिला हिंसा मदिराको कारण हुने बताएका छन् । ‘मदिरा महिला हिंसाको मुख्य कारण हो’ उनले भने, ‘त्यसैले हामीले मदिरा बेचबिखनमा नियमन गर्न जरुरी छ ।’

नेपाल विखण्डन गर्न चाहने तत्वहरु अझै सक्रिय रहेको स्मरण गर्दै मन्त्री थापाले त्यस्ता तत्वहरुलाई निस्तेज गर्न जरुरी रहेको बताए ।

 

प्रकाशित मिति : २६ आश्विन २०७५, शुक्रबार  २ : ०४ बजे