मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बारामा ६ वर्षिय बालकको अपहरण पछि हत्या गर्ने दुई जना पक्राउ



बारा ।

बारामा एक ६ वर्षिय बालकको अपहरण पछि हत्या भएको छ । बाराको सिम्रौनगढ नगरपालिका ३ नयकाटोलका धनेश्वर प्रसाद यादवको छ वर्षीय छोरा गोलु भन्ने दिपक प्रसाद यादवको अपहरण पछि घांटी थिचेर हत्या भएको छ ।

असोज २४ गते बुधबारका दिन सांझ चारबजे देखि बेपता भएका दिपकको हत्या भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । घटस्थापनाको दिन देखि नै बेपता भएको दिपकको स्थानीय बांही जंगलमा हत्या गरिएको अवस्थामा शनिबार राति शव फेला परेको प्रहरीले जनाएको छ ।

दिउँसो चार बजेदेखि बेपता भएको बालक सांझसम्म पनि घर नफर्केपछि आफन्तजनहरुले खोजतलाश गरेका थिए । खोज तलाश गर्दा पनि दिपकको पत्ता नलाग्दा सांझ सात बजे इलाका प्रहरी कार्यालय सिम्रौनगढलाई जानकारी गराएका थिए ।

अपहरणकारीहरुले दिपकको आफन्तजनसंग १० लाखको फिरौती मांग गरेपछि फिरौतीको जोहो गर्न लाग्दा हत्या गरिएको शव फेला परेको स्थानीयहरुले बताएका छन । हत्या गरिएको अभियोगमा जिल्ला प्रहरी कार्यालय बाराले आइतबार पत्रकार सम्मेलन गरी दुई जनालाई सार्वजनिक गरेको छ ।

प्रकाशित मिति : २८ आश्विन २०७५, आइतबार  ३ : २७ बजे