दशै भन्दैमा अत्याधिक मासु खाने नगरौ : चिकित्सकहरुका अनुसार मासु कती सम्म खाने ?



काठमाडौं ।

दशैको बेलामा जतिसक्यो बढी मासु खाने भन्ने चलन नेपाली समाजमा छ । दशैंमा नखाए कहिले खाने ? दशैमा खानेनै हो नि भन्ने जताततै सुन्न सकिन्छ ।दशैमा परिवार र आउने सबै पहुना हरुलाई मासुका बिभिन्न परिकार हरु खाने र खुवाउने गरिन्छ ।

 मासु पौष्टिक आहारपनि हो ।  मासुमा पाइने प्रोटिन मानब शरिरका लागी अत्यावस्यक पनि हो तर बढी मासुको सेवानले धेरै स्वास्थ्य समस्या निम्तीने खतरा हुने डक्टरहरुले बताउने गरेका छन ।

मासु बढी खाँदा शरीरमा उच्च रक्तचाप र युरिक एसिड बढाउँछ ।  मासुलगायतका खानपानमा हेलचेक्र्याई गर्दा दशैंमा झाडापखाला र  का साथै उच्च रक्तचाप हुने, कोलेस्ट्रोल बढ्ने हुन्छ । तेती मात्र नभएर कब्जियत पायल्स लगायत का समस्या हुनेलाई त धेरै मासुको सेवान झ नै खतरा हुने गर्दछ ।  दिनमा प्रतिव्यक्ति एक पाउभन्दा थोरै मासु खाए पनि शरीरलाई चाहिने प्रोटिन भरपुर पुग्ने चिकित्सकहरु बताउँछन् । एक व्यक्तिले एक पाउभन्दा थोरै खाँदा नै फाइदा पुग्ने चिकित्सक राय छ ।

धेरै चिल्लो, तारेको, पोलेको अर्थात् सेकुवा खाँदा उच्च रक्तचाप बढाउँछ । हृदयाघात एवं मस्तिष्कघात हुने सम्भावना पनि बढ्दै जाने हुनाले मनपरी ढंगले मासु र मदिरा खाने गर्दा अस्वस्थ बनाउने सम्भावना हजार गुणा हुने चिकित्सकहरुको चेतावनी छ । चिकित्सकहरु मासु खाँदा फरक नपर्ने तर  कम प्रयोग गर्न सुझाव दिन्छन् ।

मसलेदार, चिल्लो एवं गुलियोका साथै मदिरा सेवन गर्दा उच्च रक्तचाप, कोलेस्ट्रोल र मधुमेहले पिरोल्ने सम्भावना रहेकोले खानपिनमा सजग हुनुपर्ने चिकित्सकको सुझाव छ ।

प्रकाशित मिति : आश्विन ३०, २०७५ मंगलबार  ६ : १४ बजे