मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दशैँमा पेट्रोलियम पदार्थको अभाव हुँदैन : नेपाल आयल निगम



काठमाडौ ।

नेपाल आयल निगमले दशैँमा पेट्रोलियम पदार्थको अभाव नहुने बताएको छ । निगमका अनुसार काठमाडौ उपत्यकाका लागि मात्रै ७५ लाख लिटर इन्धन मौजाद छ ।

दशैँको समयमा केही दिन माग कम हुने भएकाले एक साता उपत्यकामा यो मौज्दातले धान्ने निगमको अनुमान छ ।निगमसँग डिजेल ४५ लाख लिटर र पेट्रोल ३० लाख लिटर मौज्दात छ । यही मौज्दातले कम्तीमा ५ दिनको माग धान्ने उनको भनाई छ । दशैँमा  पेट्रोलियम आपूर्तिमा कुनै समस्या नहुने निगमले जनाएको छ,

 पेट्रोलपम्पमा कुरेर लाइन बस्नु पर्ने अवस्था नरहेको, केहीबेर पर्खिनु परेपनि लामो समय लाइन बस्नु परेको छैन, निगमका प्रवक्ता विरेन्द्र गाईतले भनेका छन ।

तर, इन्धन खपत भने अन्य समयकै हाराहारी भएको उनले बताएका छन् । फूलपातीका दिन मंगलबारमात्रै १२ लाख ५० हजार लिटर पेट्रोल र ५ लाख लिटर डिजेल वितरण भएको छ ।

प्रकाशित मिति : ३० आश्विन २०७५, मंगलबार  १२ : ४७ बजे