मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निर्मला पन्त हत्या प्रकरण: तत्कालीन प्रहरी उपरीक्षक विष्ट प्रहरी सेवाबाट छिटै निकालिदै



कात्किक ४, काठ्मान्डौ-

 प्रहरी प्रधान कार्यालयले कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक डिल्लीराज विष्टलाई निर्मला पन्त बलात्कार–हत्याको छानबिनमा लापरवाही गरेको भन्दै  निष्काशनको सिफारिस गरेको छ ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गत असोजको अन्तिम हप्तानै  प्रहरी उपरीक्षक विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई सेवाबाट निष्काशन गर्न गृह मन्त्रालयसमक्ष पत्राचार गरेको र आज भोली नै गृहमन्त्रालयले   तत्कालीन प्रहरी उपरीक्षक डिल्लीराज विष्ट  र प्रहरी निरीक्षक जगदीश भट्टलाई सेवाबाट निष्काशन गर्न सक्ने सम्भावना रहेको प्रहरी श्रोतले जनाएको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७५, आइतबार  १२ : २८ बजे