मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भ्रष्टाचार, महंगी,र असुरक्षा बर्तमान सरकारको परिचय : कांग्रेस नेता प्रदीप पौडेल



जापान-

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले भ्रष्टाचार,  महंगी, असुरक्षा बर्तमान सरकारको परिचय नै बनिसकेको बताएका छन । नेविसंघका पूर्व अध्यक्ष समेत रहेका नेता पौडेलले जापानको राजधानी टोकियोमा जनसम्पर्क समिति जापानले गरेको अन्तरक्रियामा बोल्दै यस्तो बताएका हुन ।

वाइडबडी विमान खरिद प्रकरण तथा बुढी गण्डकी परियोजना विना टेण्डर चीनको गेजुवा कम्पनीलाई दिने सरकारी निर्णयमा भ्रष्टाचारको गन्ध आइरहेको भन्दै नेता पौडेलले सन्चारमाध्यम र सामाजिक सन्जालामा जताततै प्रश्न उठिरहदापनी  त्यस  बारेमा सरकारले अहिले सम्म जवाफ नदिनु लजास्पद भएको बताए ।

तिहाई बहुमत रहेको वर्तमान सरकारले केहि गर्ला भनेर आशा गरिरहेका जनाता लाई बर्तमान सरकारले उल्टो भ्रष्टाचार,  महंगी, असुरक्षा उपहार दिएर निरास बनएको भन्दै चीनबाट रेल ल्याउने, पानी जहाज कुदाउने, हावाबाट बिजुली निकाल्ने जस्ता हावादरी सपना बाडेर जनाता ढाटिरहेको नेता पौडेलले बताए ।

अब कांग्रेसको चुनौती बेहोर्न तयार रहन बर्तमान सरकारलाई चुनौती दिदै नेता पौडेलअले बिकास र समृद्दिको कुरामा सरकारलाई सहज बनाउन नेपाली कांग्रेसले समेत सहयोग गरिरहेको तर सरकार बिकास र समृद्दिमा भन्दा सत्ताको दुरुपायोग र भ्रष्टाचारमा लिप्त हुन थालेकोले अब कांग्रेस चुप लागेर नबस्ने बताए ।

प्रकाशित मिति : ५ कार्तिक २०७५, सोमबार  ११ : २१ बजे