मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विश्वका १० घुम्नै पर्ने शहरहरुको सुचिमा काठमाडौं पनि



काठमाडौं, कार्तिक ६

बिश्वका घुम्न लायक देशहरु, शाहरहरु तथा ठाउहरुको बारेमा जानकारी दिने अन्तराष्ट्रीय संस्था लोन्ली प्लानेटले बिश्वका घुम्न लायक श हरहरुको सुची प्रकासित गरेको छ ।

प्लानेटले प्रकासन गरेको सुचिमा काठमाडौंलाई पाँचौं नम्बरमा राखिएको छ । सूचीको पहिलो नम्बरमा डेनमार्कको कोपनहेगन , दोस्रोमा चीनको सेनचेन, तेस्रोमा सर्भियाको नोभिसाद, चौंथोमा अमेरिकाको मायामी र पाँचौमा काठमाडौं रहेका छन्। तेस्तै मेक्सिकोको मेक्सिकोको सिटी, सेनेगलको डाकार, अमेरिकाको सेट्ली, क्रोएसियाको जदार र मोरक्कोको मेकिन्स पनि सुचिमा परेका छन ।

हनुमान ढोका, इटुम बहाल, गार्डेन अफ ड्रिम्स, असन, केसर क्याफे, दरबार स्क्वायर, नासल चोक, सेतो मछिन्द्रनाथ मन्दिर, कुमारी बहाल, तलेजु भवानी लगायतका ठाउलाई काठमाडौंभित्रका घुम्नै पर्ने १० स्थान को रुपमा उसले आफ्नो वेभ साइटमा उल्लेख गरेको छ ।

तेस्तै पहुनालाई स्वागत गर्ने नेपालिको शैलिको बारेमा पनि लोन्ली प्लानेटले उल्लेख गरेको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७५, मंगलबार  १० : १० बजे