पूर्ण रुपमा हट्यो कृष्णनगरको कर्फ्यू



६ कात्तिक,कपिलवस्तु ।

कपिलवस्तुको कृष्णनगरमा स्थानीय प्रशासनले लगाएको कर्फ्यू पूर्ण रुपमा हटाएको छ ।

जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले सुचना प्रकासित गरी  आइतबार साँझ ५ बजेदेखि लगाएको कर्फ्यू पटक पटक गरी मंगलबार विहान ६ बजेदेखि पूर्ण रुपमा हटाएको जनाएको  हो ।

स्थानियहरु बिचको बिबाद बिस्तारै कम हुँदै गयपछी कर्फ्यू हटाइएको हो ।

प्रकाशित मिति : कार्तिक ६, २०७५ मंगलबार  १० : २८ बजे